एप्रिल २२, न्यूयोर्क १४ औं लोकतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा न्यूयोर्कस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकालाई कोभिड १९ सँग लड्न आवश्यक सामग्री नेपाली समुदाय समक्ष पुर्याउनका लागि प्राप्त भएका छन् । न्यूयोर्क सहरको पूर्व(काउन्सिल मेम्बर एलिजाबेथ क्राउलीले कोरोनाको मारमा परेका र अन्यलाई सुरक्षित रहन आवश्यक सामग्री हस्तान्तरण गरेको सँस्थाका अध्यक्ष सोमनाथ घिमिरेले बताए।
लोकतान्त्रिक आन्दोलनका सम्पूर्ण शहीदहरु एवम् दोश्रो जन-आन्दोलन ०६२र०६३ का कमाण्डर शिखर पुरुष गिरिजा प्र। कोइराला प्रति श्रद्धासुमन अर्पण गर्दै लोकतन्त्र दिवसको उपलक्ष्यमा फाउण्डेशनले समाज प्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले यस कोभिड-१९ को महामारीको चपेटामा परेका न्यूयोर्कका नेपालीहरुलाई यस फाउण्डेशनले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सेवा नै धर्म हो, भन्ने मुल नाराका साथ अग्रसर गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले एलिजाबेथ क्राउलीलाई विशेष धन्यवाद एवम् आभार प्रकट गरेका छन् । क्राउलीले फाउण्डेशनलाई सहयोग १५० वटा रेगुलर मास्क, ८५ वटा सेनीटाईजर-eusable र १० बक्स ग्लोभ्स उपलब्ध गराएका छन् । सहयोग सामग्रीहरुको हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमीरे, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य प्रेम पौडेल र कृयासिल सदस्य सुर्य सिम्खडाले आआफ्नो बिचार व्यक्त गरेका थिए । प्राप्त सामग्रीहरु छिरिङ्ग राप्के लामाले नेपाली समुदायमा वितरण गर्ने जनाइएको छ । आवश्यक ब्यक्तिहरुलाई सम्पर्कको लागि ३४७ ६५२ ३६८३ नम्बर सार्वजनिक गरेका छन् ।


ADVERTISEMENT