चितवन — कोरोना भाइरसको संक्रमण पुष्टि भएर भरतपुर अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जनामध्ये एकजना २७ वर्षीय पुरुषको स्वाब परीक्षणमा लगातार दोस्रो पटक नेगेटिभ नतिजा देखिएको छ ।


ADVERTISEMENT


भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बिहीबार र शुक्रबार ती व्यक्तिको स्वाब परीक्षण भएको थियो । २४ घण्टाको फरकमा गरिएका दुवै परीक्षणको नतिजा नेगेटिभ आएको पौडेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


ती व्यक्तिसँगै उनको आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । उपचार सुरु भएपछि बिहीबार पहिलो पटक आमाछोरा दुवैको स्वाब परीक्षण गरिएको थियो । आमाको नतिजा भने पाेिजटिभ देखिएको छ । आमाको आइतबार फेरि परीक्षण हुने छ ।