काठमाडौं  -सुलभ अग्रवाल छुटाउन नेपाल उद्योग वणिज्य संघका हुनेवाला अध्यक्ष शेखर गोल्छा र निवर्तमान अध्यक्ष पशुपति मुरारका लागि परेका छन् । उनीहरु सिडियो कार्यालय देखि वाणिज्य राज्यमन्त्री मोति दुगड र सुलभलाई राखिएको दरवारमार्ग चौकी सम्म पुगेका थिए । माथिल्लो गृह मन्त्री सम्म भेट्न खोजे पनि दुबै जनालाई यस विषयमा कानुन सम्मत हुने भन्दै भेटन  दिईएन ।  यो संगै दुबै जनाको बेचैनी बढेको देख्दा चौधरी ग्रुप हुदै गोल्छा र पशुपतिको कनेक्सन पनि रहेको देखिन्छ । छोटो समयमा नै माथिल्लो दर्जासम्म पहुच विस्तार गर्दै अवैध धन्दा गर्न खप्पिस यो समुहले नेपाल उद्योग वाणिज्य महासंघमा समेत विभिन्न तिकडम गर्दै  पकड जमाउदै आएको छ । कतिपय जिल्ला नगर उद्योग वाणिज्य संघहरु शेखर गोल्छा अध्यक्ष भएकै दिन महासंघबाट अलग हुने मनस्थीतिमा समेत पुगेको नाम उल्लेख नगर्ने शर्तमा एक ब्यवसायीले बताएका छन् ।  अझ अवैतनिक दुतको आवरणमा कुटनैतिक नम्बर    प्लेटको गाडी नै लिएर कालो बजारी गरेका विचौलियालाई निर्दोष भन्दै महासंघको जिम्मेवार पदाधिकारी अझ भनौ भावी अध्यक्ष र पूर्व अध्यक्ष लाग्नु सरासर  नैतिक हराम हो ।  यसरी पद र प्रतिस्ठाको दुरुपयोग गर्न खोजे पछी कार्यसमितिका सदस्यहरु समेत रुस्ट भएका छन् ।


ADVERTISEMENT


सरकार देखि राजनीति दलसम्मलाई धुल मिलाउन सफल यो समुहले आफ्नै अध्यक्ष समेतलाई भ्रष्टाचार गर्यो भनेका थिए । जिल्ला अध्यक्षहरुका अनुसार पापधुरीबाट कराउछ भने झै सुलभको केसमा प्रहरी प्रशासनले छानविनत गर्नेनै छ र त्यसबाट अझ अरुकुरा बाहिर आउने अपेक्षा धेरैको छ । तर महासंघको गरिमालाई  यसरी कालोबजारी गर्नेलाई छुटाउदै हिडने हो भने महासंघको साँख कहा पुग्ला ?


ADVERTISEMENT

# # #