काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन (बन्दाबन्दी) बैशाख २५ गतेसम्म जारी रहने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।


ADVERTISEMENT


सरकारले पाँचौँ पटक लकडाउनको समय थपेको हो । पहिलो पटक गत चैत्र ११ गतेदेखि लागू हुने गरी लकडाउन घोषणा गरिएको थियो । अघिल्लो पटक थपिएको लकडाउनको समवावधी वैशाख १५ गते (भोलि) मध्यराती सकिँदै थियो ।


ADVERTISEMENT

# # #


नेपालमा ५१ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १६ जना उपचार पछि निको भएका छन् भने बाँकीको उपचार भइरहेको छ ।