साफ यू–१५ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज आयोजक नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल फाइनलमा भारतलाई हराउँदै समूह चरणमा बेहोरेको हारको बदला पनि लिने दाउमा छ ।


ADVERTISEMENT


ललितपुरस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज दिउँसो हुने खेलमा दुवै टोली उपाधि जित्ने रणनीतिमा हुनेछन् । सेमिफाइनलमा बंगलादेशलाई ४–२ गोलअन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । यता, भारत पनि भुटानलाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।


ADVERTISEMENT

# # #


समूह चरणमा भने भारतसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको थियो । प्रतियोगितामा अपराजित रहेको भारत निकै वलियो टोली हो ।

समूह चरणको खेलमा भारतले मल्दिभ्सलाई ९–० गोलअन्तरले पराजित गरेको थियो । नेपालले पनि आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ६–० गोलअन्तरले पराजित गरेको थियो ।