काठमाडौं – थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवालको मुद्दामा आज थुनछेक बहस हुने भएको छ । मंगलबार अग्रवालविरूद्द जिल्ला अदालत काठमाडौंमा कालोबजारी र सामाजिक अपराध ऐन अन्तर्गत मुद्दा दर्ता भएको थियो ।


ADVERTISEMENT


हाल प्रहरी हिरासतमा रहेका अग्रवालको मुद्दामा आज थुनछेक बहस हुने जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।उनलाई कालोबजारी तथा केही अन्य सार्वजनिक अपराध तथा सजाय ऐन २०२३ अन्तर्गत मुद्दा दर्ता भएको श्रेष्ठले बताए । गत चैत २५ गते प्रहरी आफैँ ग्राहक बनेर उनको ठगी धन्दा पत्ता लगाएपछि पक्राउ गरेको थियो ।


ADVERTISEMENT

# # #