काठमाडौँ– राजधानीमा जारी साफ अण्डर १५ च्याम्पियनसिप फुटबल प्रतियोगीताको फाईनलमा नेपालले पहिलो हाफमा भारतलाई १-० गोलले पछि पारेको छ ।


ADVERTISEMENT


ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उपाधिका लागि नेपालले भारसंग प्रतिस्पर्धा गरिरहेको छ ।  खेलको ४० औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै ब्रिजेश चौधरीले नेपाललाई अग्रता दिलाएका छन् ।


ADVERTISEMENT

# # #


सेमिफाइनलमा बंगलादेशलाई ४–२ गोलको को अन्तरले हराएर फाइनल यात्रा तय गरेको नेपाल र भुटानलाई २-० गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको भारतबीच उपाधिका लागि प्रतिस्पर्धा भइरहेको छ ।

यी दुई टोलि बलिया प्रतिद्वन्द्वी हुन् । । जारी प्रतियोगितामा नेपालले यस अघि चिर प्रतिद्धन्दी भारतसंग २–१ को पराजय भोगेको थियो ।