काठमाडौँ– नेकपा (माओवादी केन्द्र) निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी)को नयाँ नेतृत्वका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ ।


ADVERTISEMENT


बुधबारदेखि सुरु क्रान्तिकारीको २१औँ राष्ट्रिय सम्मेलनले सहमतिबाट नेतृत्व चयन गर्न नसकेपछि आजदेखि निर्वाचन प्रक्रिया शुरु गरिएको निर्वाचन समितिका संयोजक रमेश मल्लले जानकारी दिए । उनका अनुसार आज मतदाता नामावली प्रकाशन र अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । आज निर्वाचन मनोनयन भएपछि मंगलबार ३३ पदाधिकारीसहित २३४ केन्द्रीय सदस्यका लागि निर्वाचन हुने छ ।


ADVERTISEMENT

# # #


आज निर्वाचन गर्ने भनिए तापनि समयाभावका कारणले मंगलबारका लागि सारिएको हो । क्रान्तिकारीमा पहिलोपटक निर्वाचनबाट नेतृत्व चयन हँुदैछ । अध्यक्षका लागि रञ्जीत तामाङ, अनिल शर्मा, रामचन्द्र अधिकारी, वीरेन्द्र बस्नेत र मदन चुँडालले दाबी गरेका छन् । निर्वाचन प्रक्रियामा दुई हजार ३४ प्रतिनिधिले सहभागिता जनाउनेछन् । रासस