रोल्पा – त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा आज अपराह्न भएको बम विस्फोटमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढाको खोलामा बाख्रा चराउन गएका बालबालिकाको बम बिस्फोटमा परेर मृत्यु भएको हो ।


ADVERTISEMENT


उक्त बम विस्फोटमा परी मृत्यु हुनेमा वडा नं. ७ का पाँच वर्षीय विजय खत्री, १४ वर्षीय लोकीराम डाँगी, ११ वर्षीया बिमला खत्री र वडा नं ४ का १३ वर्षीय बालक गौरव नेपाली रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चित्रवहादुर गुरुङले जानकारी दिए ।


ADVERTISEMENT

# # #


चारै बालबालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी–२ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिए । मृत्यु हुनेमा सातदेखि ११ वर्ष उमेरका तीन बालक र एक बालिका रहेको उनले जानकारी दिए ।

घटनास्थलमा बम पनि रहेकाले डिस्फोजका लागि दहवनस्थित नेपाली सेनाको टोली घटनास्थलतर्फ आउँदै गरेको वडाध्यक्ष बुढाले जानकारी दिनुभयो । घटना भएको प्रहरीले पुष्टी गरेको छ । घटना भएको जानकारी पाउने बित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गुरुङले बताए।

के कति कारणले घटना भयो भन्ने जानकारी नआएको उनले जानकारी दिए । रासस