काठमाडौं –  सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनतालाई विशेष राहतको प्याकेल ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


१ सय ३१ औं मे दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले कोभिड–१९ को प्रकोपले असर पुर्याएका श्रमजीवीहरूलाई खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न विशेष आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदुर र अन्य जन–समुदायलाई सुरक्षितरूपमा गन्तव्यमा पु¥याउन पनि उनले सरकारलाई आग्रह गरेका छन् ।

प्रचण्डले दिएको शुभकामना जस्ताको तस्तै !
१ सय ३१ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी जनसमुदायमा सु–स्वास्थ र प्रगतिको अपेक्षा सहित हार्दिक शुभकामना व्यक्त गर्दछु । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा आठ घण्टे कार्यदिको लागि गरिएको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष आजकै दिन अर्थात मई १ मा विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइन्छ ।

त्यसैगरी नेपालमा वि।स। २००३ सालमा विराटनगर जुट मिलबाट सुरु भएको श्रमिक आन्दोलन, विभिन्न कालखण्डका सशस्त्र र शान्तिपूर्ण जन–आन्दोलनहरुमा श्रमजीवि जनताको बलिदानीपूर्ण संघर्षलाई हामी गर्वका साथ स्मरण गर्दछौं ।
आज विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत छ । यतिबेला संसारभरका श्रमजीवि मजदूरहरुको रोजगारी गुमिरहेको छ ।

दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।

देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदूर र अन्य जन–समुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउनु पर्ने कर्तव्य हामी सबैको हो ।

कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न श्रमजीवि जनसमुदायमा अपील गर्दै पुनः एकपटक सुख, शान्ति र समृद्धिको कामना गर्दछु ।