बोधगया, भारत– मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहार राज्यस्थित बोधगयाको दर्शन गरेका छन्।


ADVERTISEMENT


बोधगया गौतमबुद्धले बुद्धत्व प्राप्त गरेको महत्वपूर्ण स्थान हो । प्रधानमन्त्री देउवा शनिबार बोधगया आइपुगेका हुन्।
प्रधानमन्त्री देउवासहितको नेपाली प्रतिनिधिमण्डल आज अपराह्न ३ बजे एयर इन्डियाको विशेष चार्टर्ड विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछ ।


ADVERTISEMENT

# # #


नयाँदिल्लीमा आयोजना हुने विशेष बिदाइ समारोहपछि प्रधानमन्त्री देउवा आजै बेलुका स्वदेश प्रस्थान गर्ने छन्