ताप्लेजुङ ।प्रदेश नं. १े ताप्लेजुङ जिल्लाको फुङलिङ बजारमा भिषण आगलागी भइरहेको छ । रातीबाट सुरु भएको आगो अझै नियन्त्रणमा आएको छैन। पुरानो बैंक लाईन स्थित चिया पसलबाट आगो सुरु भएको बताइएको छ।


ADVERTISEMENT


फुङलिङ नगरपालिकाको दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको भए पनि हाल सम्म नियन्त्रणमा लिन सकेको छैन । आगलागीको कारण समेत खुलेको छैन ।फुङलिङ नगरपालिकामा जम्मा एउटा मात्र दमकल भएकोले आगो नियन्त्रण गर्न कठिनाय भएको छ ।


ADVERTISEMENT

# # #


कुनै पनि मानविय क्षति भने भएको छैन ।