लकडाउनका कारण इन्धनको खपत सामान्य अवस्थामा भन्दा ९० प्रतिशतले घटेको छ । खपत घटेकाले ३१ अर्ब रुपैयाँभन्दा बढी रकम विदेश जानबाट रोकिएको छ । तर इन्धनको आयातमा गिरावटले ३ अर्ब ६९ करोड रुपैयाँ राजस्व पनि गुमेको छ । लकडाउनका कारण अहिले सामान्य अवस्थामा जस्तो सवारीसाधन चलाउन प्रतिबन्ध छ ।


ADVERTISEMENT


अत्यावश्यक सेवा र स्थानीय प्रशासनले पास जारी गरेबाहेकका सवारी साधन चलाउन नपाइने भएकाले देशैभरका सडक सुनसानजस्तै छन् । सवारीसाधन, उद्योग र ठूला व्यावसायिक प्रतिष्ठान नचलेपछि इन्धन खपत ह्वात्तै घटेको हो । लकडाउनका कारण पेट्रोलको खपत ९२ प्रतिशतले घटेको छ । सामान्य अवस्थामा दैनिक ३० लाख लिटर पट्रोल खपत हुने गरेकामा अहिले २ लाख ४८ हजार मात्र बिक्री भइरहेको नेपाल आयल निगमले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै डिजेलको खपत पनि सामान्य अवस्थामा भन्दा ८७ प्रतिशतले घटेको छ । सामान्य अवस्थामा दैनिक ८० लाख लिटर डिजेल बिक्री हुने गरेकामा अहिले १० लाख ५२ हजार लिटर मात्र खपत भइरहेको छ । खपत घटेका कारण लकडाउन सुरु भएयता इन्धन आयातमा ३० अर्ब ७७ करोड रुपैयाँ विदेशिनबाट रोकिएको छ ।डिजेल र पेट्रोल मात्र होइन, खाना पकाउने एलपी ग्यासको खपत पनि घटेको छ । सामान्य अवस्थामा मासिक ३९ हजार मेट्रिक टन ग्यास आयात हुने गरेकामा अहिले ३२ हजार मेट्रिक टन आयात भएको छ ।

एक मेट्रिक टनबाट ७० वटा सिलिण्डर भर्न पुग्छ । ग्यासको खपत अहिले मासिक ४ लाख ९० हजार सिलिण्डरले घटेको छ । जसवापत ६७ करोड रुपैयाा बाहिरिनबाट रोकिएको छ । त्यसैगरी मट्टतिेलको खपत दैनिक खपत हुने २० हजार लिटरबाट तीन हजार लिटरमा झरेको छ भने हवाइ इन्धनको खपत सामान्य अवस्थाको तुलनामा ५ प्रतिशत पनि छैन ।

खपत घटेकाले आयातमा गिरावट आई त्यसको असर राजस्वमा परेको छ । पेट्रोलियम पदार्थबाट भन्सार विन्दुमा मासिक ४ अर्ब ४१ करोड रुपैयाा संकलन हुने गरेकामा लकडाउनपछिको एक महिनामा ७२ करोड रुपैयाँ मात्र संकलन भएको छ ।इन्धनको आयातमा कमीले रकम विदेशिनबाट रोकिादा यसको सकारात्मक प्रभाव विदेशी मुद्राको सञ्चितिमा परेको छ । विदेशमा भर पर्नुपर्ने इनधनको ठाउामा देशभित्रै उत्पादन हुने विद्युतको खपत बढाउनमा जोड दिने हो भने राष्ट्रिय अर्थतन्त्रमा पनि सकारात्मक योगदान पुग्न सक्छ ।