अमेरिका –  ‘अर्थर गन’ उपमाले चिनिएका नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् । उनले आफ्नै घरमा आइतबार साँझ जोन डेन्भरको ‘टेक मी होम, कन्ट्री रोड्स’ बोलको गीत गाएर आइडलको १८औं सिजनमा शीर्ष १० मा पुगेका हुन् ।


ADVERTISEMENT


दिवेशले सामाजिक सञ्जाल फेुसबुकमार्फत आफू अमेरिकन आइडलको टप १० मा छनोट भएको जानकारी गराएका छन् । उनले आफ्ना समर्थकहरुलाई फेसबुक मार्फत नै धन्यवाद दिएका छन् । मलाई सुरुदेखि नै साथ दिनु भएकोमा सम्पूर्णलाई धन्यवाद । म शब्दमा बयान गर्न सक्दिन म कति आभारी छु विश्वभरबाट दिनुभएको यो अपार साथको लागि’ उनले फेसबुकमा लेखेका छन्, ‘भोटिङ गरिदिनु भएकोमा धन्यवाद ।’


ADVERTISEMENT

# # #


‘यो ठाउँमा उभिनु र तपाईंहरुको कानसम्म पुग्नु मेरो सपनाभन्दा बाहिरको कुरा थियो,’ उनले लेखेका छन्, ‘मैले गल्लीहरुमा धेरै उत्कृष्ट संगीतकार, गायक देखेँ, थोरै कानहरुसहितका खाली हलहरु देखेँ । अहिले तपाईंहरुका लागि गाउन पाउँदा र मेरो आवाज तपाईंसम्म पुर्‍याउन पाउँदा आफूलाई भाग्यमानी सम्झेको छु ।’

सन् २०१४ मा उच्च शिक्षा अध्ययनका सिलसिलामा अमेरिका गएका दिवेश संगीतमा समर्पित भएर लागेको दुई वर्ष मात्रै भयो । काठमाडौंको एस कलेज इन्स्टिच्यूटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए । अमेरिकन आइडलको दौरानमा उनले हजारौँ प्रशंसक कमाइसकेका छन् भने निर्णायकको मन जित्न पनि उनी सफल भएका छन्