श्याम ठाकुर, सिरहा – सिरहाको मिर्चैया नगरपालिकामा निर्धारित मूल्य भन्दा बढीमा सिमेन्ट बेचेको अभियोगमा एकजना पक्राउ परेका छन् ।


ADVERTISEMENT


बुधबार ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटेको टोलीले गोप्य सूचनाको आधारमा भाग्य विधाता आयरण स्टोरका सञ्चालक राज कुमार मगरलाई प्रक्राउ गरेको हो । वडा नं. ५ मा रहेको भाग्य विधाता आयरण स्टोर्सका संचालक मगरलाई १० बोरा सिमेन्टसहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तु जैसवारले जानकारी दिए ।


ADVERTISEMENT

# # #


डिएसपी जैसवारका अनुसार स्टोर्सका संचालक मगरले मिर्चैया नगरपालिका वडा नं. ७ बस्ने टिका राम पोखरेललाई तोकिएको भन्दा बढी मूल्यमा सिमेन्ट बिक्रि गरेका थिए । सिमेन्टको बिल माग गर्दा सञ्चालक मगरले उक्त सिमेन्ट प्रतिबोरा रु. आठ सयको दरले बिक्री गरेको बताए ।

संचालक मगरले गत वैशाख ११ गते रातीको समयमा जनकपुरका व्यापारीसंग प्रतिबोरा ७ सय ६० रुपैयाँका दरले ३५० बोरा सिमेन्ट खरिद गरेको बताएका छन् । बजारमा सिमेन्टको खुद्रामूल्य प्रतिबोरा ७५० रुपैयाँ रहेको छ ।

बरामद गरिको सिमेन्ट ईलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको छ । बाँकी सिमेन्ट स्टोरमै ताला लगाएर सिल गरिएको छ ।

निर्माण सामाग्री व्यवसायीहरुको यस्तो किसिमको क्रियाकलालाई निरुत्साहित पार्नु प्रशासनको सराहनिय कार्य रहेको व्यापार संघ मिर्चैयाका अध्यक्ष हरिशंकर साहले बताए ।