नेपालगञ्ज- अत्यावश्यक सामान खरिदका लागि नेपालगञ्जमा बिहान ११ बजेदेखि चार घण्टा खुकुलो पारिने भएको छ ।  हिजो बसेको सर्बपक्षिय बैठकले जनजीवन सहज बनाउन भन्दै खरिद बिक्रीका लागि दैनिक चार घण्टा खुकुलो गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडकाले सवारीसाधन भने पुर्णरुपमा निषेध गरेको बताउनु भयो । नेपालगञ्जमा एउटै टोलबाट २३ जनामा कोरानाको सक्रमण देखिएपछि सर्वपक्षीय बैठकले तीन दिन निषेधित क्षेत्र घोषणा गरेको थियो । त्यो घोषणा गए राति सकिएको हो ।


ADVERTISEMENT

# # #