काठमाडौं –  विश्वभर कोरोना महामारीका कारण २ लाख ८३ हजार ६ सय ८७ जनाको मृत्यु भएको छ । ४१ लाख ७७ हजार बढी संक्रमित मध्ये करिब १४ लाख ८८ हजार उपचार पछि निको भएका छन् ।


ADVERTISEMENT


पछिल्लो तथ्यांक अनुसार अमेरिकामा १३ लाख ६६ हजार ७ सय बढी संक्रमित हुँदा ८० हजार ७ सय ५७ जनाको मृत्यु भएको छ । बेलायतमा २ लाख १९ हजार बढी संक्रमित छन् भने मृत्यु हुनेको संख्या ३१ हजार ८ सय ५५ पुगेको छ ।


ADVERTISEMENT

# # #


यस्तै स्पेनमा २ लाख ६४ हजार ६ सय बढी संक्रमित र २६ हजार ६ सय २१ जनाको मृत्यु भएको छ । इटालीमा कोरोना संक्रमितको संख्या २ लाख १९ हजार बढी हुंदा मृतकको संख्या ३० हजार ५ सय नाघेको छ ।

उता फ्रान्समा करिब १ लाख ७७ हजार संक्रमित मध्ये मृत्यु हुनेको संख्या २६ हजार ३ सय नाघेको छ । जर्मनीमा १ लाख ७१ हजार ८ सय बढी संक्रमित र ७ हजार ५ सय बढीको मृत्यु भएको छ ।

चीनमा ८२ हजार ९ सय संक्रमित छन् भने ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ । यस्तै रसियामा संक्रमितको संख्या बढेर करिब २ लाख १० हजार र मृतकको संख्या १ हजार ९ सय १५ पुगेको छ ।

भारतमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या थपिंदै गएको छ । करिब ६७ हजार १ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २ २ सय १२ पुगेको छ । उता पाकिस्तानमा कोरोना संक्रमितको संख्या ३० हजार ३ सय बढी छ भने ६ सय ५९ जनाकोे मृत्यु भएको छ ।(एजेन्सी)