काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि लिइने जनाएको छ । विद्यमान ऐनअनुसार लिखित रूपमा लिइने परीक्षाबाट मात्र एसईईले कानुनी मान्यता प्राप्त गर्नेसमेत अधिकारीले स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


कोरोना भाइरस (कोभिड–१९) का कारण पूर्वनिर्धारित तालिकाअनुसार चैत ६ गतेबाट हुने एसईई परीक्षा अघिल्लो साँझ स्थगित गरिएको थियो । त्यसयता जनप्रतिनिधि र विज्ञले एसईईलाई फरक मोडबाट हुनुपर्ने बताउँदै आएका छन् । उक्त भनाइले विद्यार्थीलाई अन्योल सिर्जना गरेपछि मन्त्रालयले स्पष्ट पारेको हो ।


ADVERTISEMENT

# # #