प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आज छलफल सुरु हुँदै छ । अर्थमन्त्री युवराज खतिवडाले हिजोको बैठकमा कर प्रस्ताव बाहेक विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । विहान ११ बजे बस्ने बैठकमा सरकारले पेश गरेको प्रि बजेटमाथि छलफल हुन लागको हो । प्रि बजेटमाथिको छलफल प्रतिनिधि सभामा आज र भोलिमा सक्ने सरकारको तयारी छ ।


ADVERTISEMENT