काठमाडौं – नेपालमा थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । कपिलवस्तुका थप १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय  जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुको यशोधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका-७ र १० का उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो ।


ADVERTISEMENT

# # #


संक्रमितको उमेर १८, १९, २०, २०, २४, ३०, ३१, ३४ र ३४ रहेको छ भने एकजनाको उमेर खुल्न सकेको छैन । उनीहरू सबै पुरुष हुन् ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेको सह-प्रवक्ता डा. अधिकारीले जनाएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ । जसमध्ये ३३ जना उपचारपछि निको भएका छन् भने बाँकीको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।