ललितपुर –  आरोग्य फाउण्डेशनमा कार्यरत एक महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएसँगै निदान अस्पतालको मुख्य गेटमा सिल गरिएको छ ।


ADVERTISEMENT


सङ्क्रमित युवती अस्पतालमा गएर विभिन्न व्यक्तिसँग भेटेको हुनसक्ने आशङ्कामा अस्पतालमा सिल गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । आरोग्य फाउण्डेशन र निदान अस्पताल एउटै गेटभित्र रहेकाले मुख्य गेटमा नै सिलबन्दी गरिएको हो । दुवै संस्थाको पार्किङ र चमेनागृह एउटै पाइएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले बताए ।


ADVERTISEMENT

# # #


बिहान झण्डै ११ बजेदेखि प्रहरीले अस्पतालमा रहेका स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी, कुरुवालगायत कसैलाई पनि भित्रबाट बाहिर निस्कन दिइएको छैन । स्वास्थ्य सेवा विभागको टोलीले ‘कन्ट्रयाक ट्रेसिङ’ शुरु गरिसकेको छ । उनले भने, “सङ्क्रमितको संसर्गमा नगएकालाई विस्तार पठाउन सकिन्छ ।” अहिले पनि भित्र संसर्गमा आएको हुनसक्ने सम्भावित व्यक्ति र अरुलाई छुट्याएर राखिएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

दुवै संस्थामा गरी झण्डै ३०० व्यक्ति रहेको प्रहरीले जनाएको छ । भक्तपुरकी ती युवतीमा मङ्गलबार सङ्क्रमण पुष्टि भएको थियो ।