नयाँ दिल्ली –  कोरोना भाइरसको नियन्त्रणका लागि घोषित लकडाउन तथा विविधि प्रकारका प्रतिवन्धपछि संकटमा परेको अर्थतन्त्र उकास्न भारत सरकारले आज तेस्रो चरणको आर्थिक प्याकेज घोषणा गर्ने भएको छ ।


ADVERTISEMENT


भारतीय सञ्चारमाध्यमहरुका अनुसार घर र्फकन नपाएका मजदुर, मूल्य नपाएका कृषकलगायत लागि तेस्रो चरणको प्याकेज घोषणाको तयारी गरिएको छ । वित्त मन्त्री निर्मला सीतारमणले तेस्रो चरणमा आज २० लाख करोड भारतीय रुपैयाँ बराबरको आर्थिक प्याकेजको घोषणा गर्दैछिन् ।


ADVERTISEMENT

# # #


तेस्रो चरणमा घोषणा हुने प्याकजे बढीजसो प्रवाशी मजदुरको सेवा तथा सुविधाका लागि लक्षित हुने वित्त मन्त्रालयले संकेत गरेको भारती संचारमाध्यमले उल्लेख गरेका छन् ।एजेन्सी