काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पूर्ब अध्यक्ष चण्डीराज ढकालले उद्योग कलकारखाना तथा मजदुरहरूलाई राज्यले विशेष प्राथमिकताका साथ नीति तर्जुमा गर्दै कार्यान्वयनमा ल्याउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


कोरोना भाईरसले अर्थतन्त्र र आर्थिक क्षेत्रमा पार्ने प्रभावबाट देशलाई बँचाउन राज्यले नीजि क्षेत्र तथा उद्योग कलकारखानालाई साथमा लिएर अगाडि बढ्नुपर्ने सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष समेत रहेका ढकालको भनाई छ । “एकातिर उद्योगहरू धराशाही हुने अबस्थामा पुगेका छन्, अर्कातिर देश बिदेशमा रहेका लाखौं लाख नेपालीहरूमा बेरोजगारीको समस्या आउँदैछू नीजि क्षेत्रका बिषयमा प्रभाबशाली नेतृत्व गरिरहेका पूर्बअध्यक्ष ढकालले भने  “अब राज्यले उद्योग तथा निजी क्षेत्रलाई माथि उठाउँदै लाखौ युवा तथा श्रमिकहरूलाई रोजगारी दिलाउने दीर्घकालीन ब्यवस्था गर्नुपर्छ ।”


ADVERTISEMENT

# # #


उनले सञ्चालनमा रहेका उद्योगहरूलाई भरपुर सहायता दिदै रूग्ण उद्योगहरूलाई समेत ब्युँताएर सञ्चालन गर्नुपर्ने बताएका छन् ।
उद्योगहरूले बैक तथा बित्तीय सँस्थाहरूबाट लिएको ऋणलाई अवस्था सामान्य नभएसम्मका लागि थाँती राखेर त्यसपछि सावाँ ब्याज नियमित हुनेगरि ब्यवस्था गर्नुपर्ने ढकालको भनाई छ ।
यस्तै, रूग्ण बनेर थन्किएका उद्योगहरूलाई पुनर्जिबित तुल्याउँदै उद्योग तथा कलकारखानाहरूको अबस्था सुधार्नुपर्नेमा उनको जोड छ । देश भित्र उत्पादन बढाउँदै रोजगारीको वातावरण बढाउनमा समेत त्यस्ता रूग्ण उद्योगहरूलाई सञ्चालनमा ल्याउनुको बिकल्प नरहेको उनको भनाई छ ।
“राज्यको अबको अर्जुनदृष्टि उद्योगलाई बढी भन्दा बढी सहुलियत दिएर उत्पादनमा बृद्दि गर्ने र निर्यात बढाउने हुनुपर्छू उद्योग तथा अर्थतन्त्रका बिज्ञ ढकालले हिमालयपोष्टसँग भने “यस्बाट बेरोजगारीको समस्या समेत सुल्झन्छ भने कमजोर बन्नसक्ने अर्थतन्त्र समेत सुधारिनेछ ।”
कोरोनाका कारण प्रभाबित बनेको अहिलेको अबस्थामा राज्यले प्राथमिकताका आधारमा अल्पकालिन तथा दीर्घकालिन योजनाहरू ल्याएर नीजि क्षेत्र तथा उद्योगहरूलाई रामबाणका रूपमा प्रयोग गर्दै देशको अर्थतन्त्र मजबुत बनाउने र बेरोजगारीको समस्यालाई समाधान गर्नुपर्ने ढकालको सुझाव छ ।