काठमाडौँ– एनआईसी एशिया बैंकको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७३/७४ को लागि नेपाल राष्ट्र बैंक तथा बैंकको २० औं वार्षिक साधारण सभाको स्वीकृति पश्चात आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश (२० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश) बितरण गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


गत आ.ब. २०७३र७४ मा बैंकले खुद मुनाफा रु.१,४७३,४६५,९६७.०० हासिल गर्न सफल भएको छ । हाल सम्म बैंकले देशभरि ११९ शाखा तथा ४ एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गरिरहेको, बैंकका निक्षेप ग्राहक संख्या ५ लाख ५० हजार भन्दा वढि रहेको, बैंकका कर्जा ग्राहक संख्या २५ हजार भन्दा वढि रहेको र बैंकका सेवा लिने सेवा ग्राही संख्या २ लाख ५० हजार नाघेको छ ।


ADVERTISEMENT

# # #


बैंकले ३ बर्ष अगाडिनै आफ्ना दिर्घकालीन रणनिती तर्जुमा गरेको र सो रणनीति कार्यान्वयन पश्चात् सन् २०२० सम्ममा बैंकका शाखा सञ्जाल ३०० र वत : संख्या १००० पुर्याई बैंकलाई राष्ट्रकै उत्कृष्ट मध्येको एक बैंक बन्ने लक्ष्य रहेको र सोही अनुसार योजना तथा रणनीति तय गरि बैंक अगाडि बढि रहेको छ ।