काठमाडौँ – नेपालमा थप २७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७ जनामा कोरोना पोजेटिभ देखिए स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका उनका अनुसार झापामा ९ जना, मोरङमा १, सुनसरीमा १, सर्लाहीमा २, काठमाडौँमा ३, भक्तपुरमा १, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा १,सिन्धुलीको १, लमजुङको १, कपिलवस्तुमा ४ र नवपरासीमा १ जनामा कोरोना पुष्टि भएको हो ।


ADVERTISEMENT

# # #


नयाँ संक्रमित हुनेहरु १७ देखि ४२ वर्षसम्मका २४ जना पुरुष र ३ जना महिला रहेको उनले बताए ।  पोजेटिभ देखिएका सबैको स्थायी ठेगाना र हालको ठेगाना अनुसार कन्ट्रयाक्ट ट्रेसिङ गर्ने काम स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट भइरहेको प्रवक्ता डा. देवकोटाले बताए ।

ययससंगै नेपालमा संक्रमितको संंख्या ४०२ पुगेको छ । जसमध्ये पुरुष ३४० जना र महिला ६२ जना रहेका छन् । कुल संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षी महिला र बाँकेका एक युवक रहेका छन् । ३७ जना उपचारपछि निको भएका छन् भने बाँकीको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।