काठमाडौँ – गुल्मीका ४१ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको भ्रामक, गलत समाचार विभिन्न सञ्चार माध्यममा फैलिएपछि संक्रमित उपचाररत अस्पतालले खण्डन गरेको छ ।


ADVERTISEMENT


रुपन्देहीको तिलोत्तमा, मणिग्रामस्थित क्रिम्सन अस्पतालले बुधबार मध्यान्ह एक विज्ञप्ती जारी गर्दै संक्रमितको मृत्यु नभएको जानकारी दिएको हो । अस्पताल प्रशासनले संक्रमितको अवस्था गम्भीर रहेको र भेन्टीलेटरमा राखेर उपचार भइरहेको जनाएको छ ।


ADVERTISEMENT

# # #


अस्पतालले गलत, भ्रामक र अतिरञ्जित समाचार सम्प्रेषण गरेर जनतामा त्रासको वातावरण सिर्जना नगर्न पनि अनुरोध गरेको छ । गुल्मीको मदाने गाउँ पालिकाका वडा नं. ६ का संक्रमित पुरुष गत जेठ १ गते ज्वरो आएको, टाउको दुखेको र श्वास प्रश्वासमा समस्या देखिएपछि क्रिम्सन अस्पतालमा भर्ना भएका थिए ।

जेठ २ गते नै पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो भने जेठ ५ गते (सोमबार) कोरोना रिर्पोट पोजेटिभ आएको थियो ।