काठमाडौँ – नेपालमा थप २५ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २५ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु बाँकेका ६ जना, धनकुटाका ५ जना कपिलवस्तुका १३ जना, नवलपरासी (पश्चिम) का १ जना रहेका छन् ।  नयाँ संक्रमित हुनेहरु ३ देखि ४८ वर्षसम्मका १८ जना पुरुष र ७ जना महिला रहेको उनले बताए ।


ADVERTISEMENT

# # #


बाँकेका संक्रमितहरु ६ जना मध्ये नरैनापुर–५ का १७, २०, २८, ३० र ४० वर्षका ५ जना पुरुष रहेका छन् भने २७ वर्षका पुरुष खजुरा–५ का रहेका छन् । यस्तै धनकुटाका ५ जना नयाँ संक्रमितमध्ये २८, २९, ३५ र ३७ वर्षका पुरुष र १ जना २४ वर्षीया महिला रहेका छन् । उनीहरु सबै हाल धनकुटामै बस्दै आएका छन् ।

कपिलवस्तुका १३ जना संक्रमितमध्ये विजयनगरको क्वारेन्टाइनमा रहेका २२, ३५ र ४८ वर्षी गरी ३ जना पुरुष रहेका छन् भने महाराजगञ्ज गाउँपालिकामा रहेका ३, ४ र ६ वर्षीया बालिका, १६, २५ र ३२ वर्षीया महिला गरी ६ जना महिला र १२ वर्षीय बालक, २०, २४ र ३४ वर्षीय ४ जना पुरुष रहेका प्रवक्ता डा. देवकोटाले जानकारी दिए । यस्तै नवलपरासीको सुस्ता गाउँपालिका–५ का २६ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । उनी हाल बेलबानी क्यारेन्टाइनमा रहेका छन् ।

पोजेटिभ देखिएका सबैको स्थायी ठेगाना र हालको ठेगाना अनुसार कन्ट्रयाक्ट ट्रेसिङ गर्ने काम स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट भइरहेको प्रवक्ता डा. देवकोटाले बताए ।

ययससंगै नेपालमा संक्रमितको संंख्या ४२७ पुगेको छ । कुल संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला र बाँकेका एक युवक रहेका छन् । ४५ जना उपचारपछि निको भएका छन् भने बाँकीको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।