काठमाडौँ – नेपालमा थप ८ जना कोरोना संक्रमित निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विराटनगरको कोशी अस्पतालमा उपचाररत उदयपुरका ८ जना पुरुष निको भएर बुधबार डिस्चार्ज भएका हुन् ।


ADVERTISEMENT


उनीहरु २९–३३ दिनसम्म अस्पतालमा कोरोनाको उपचार गरेर निको भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । आज डिस्चार्ज हुनेहरु गत वैशाख ५ र ९ गते कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । पोलिमर चेन रियाक्सन (पीसीआर) विधिबाट गरिएको परीक्षणमा लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएका हुन् ।


ADVERTISEMENT

# # #


विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को अन्तर्राष्ट्रिय मान्यता अनुसार पीसीआर विधिबाट गरिएको परीक्षणमा लगातार दोस्रो पटक कोरोना रिपोर्ट नेगेटिभ आएमा कोरोना निको भएको मानिन्छ ।

यससंगै नेपालमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ४५ पुगेको छ । निको भएकाहरुको अस्पताल बसाई औसतमा १९ दिन रहेको छ अथार्त् अहिलेसम्म डिस्चार्ज भएका संक्रमितहरु १९ दिनमा निको भएका छन् ।

नेपालमा हालसम्म ४२७ जनामा कोरोना देखिएको छ । जसमध्ये २ जनाको मृत्यु भएको छ ।