काठमाडौँ  – प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले सङ्घीय संसद्को प्रतीक (लोगो) र प्रतिनिधिसभाका सदस्यले प्रयोग गर्दैै आएको प्रतीकलाई नेपालको वास्तविक सीमाअनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा आज सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकको निर्णयअनुसार राष्ट्रमा राखिएको प्रतीक (लोगो) र सांसदले लगाउँदै आएको प्रतीक परिमार्जन हुनेछ ।


ADVERTISEMENT

# # #


बैठकले सो निर्णय कार्यान्वयन गर्न तत्काल प्रक्रिया अघि बढाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएको छ ।