काठमाडौं– राजधानीमा मंगलबारदेखि शुरु भएको नाडा अटो शोमा एनआईसी एशिया बैंकले तुरुन्तै कर्जा स्विकृत गर्ने व्यबस्था मिलाएको छ ।


ADVERTISEMENT


नेपाल अटो डिलस एशोशिएसनको आयोजनामा भृकुटी मण्डपमा शुरु भएको अटो शोमा बैंकले विशेष उपस्थिति जनाउँदै ‘अन द स्पट फाइनान्सिङ’ (तुरुन्तै कर्जा स्वीकृत)को ब्यवस्था मिलाएको हो ।


ADVERTISEMENT

# # #


व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि खरीद गरिने गाडीमा ७ वर्ष अवधि सम्मको लागि आर्कषक ब्याजदरमा तुरुन्त कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । साथै, ग्राहकहरुले अधिकतम लाभ लिन सकुन् भन्ने हेतूले कर्र्जामा कुनै पनि प्रकारको प्रशासनिक शुल्क नलिने व्यबस्था समेत गरिएको पनि बैकले जनाएको छ ।

साथै नाडा अटो  शो २०१७ मार्फत सवारी साधन कर्जाको लागी आवेदन दिने ग्राहकलाई यो बैंकले निःशुल्क रुपमा १ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने समेत जनाएको छ ।