काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९)का कारण थप एकजनाको मृत्यु भएको छ । बाराको कलैया–७ का ७० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पर्साको वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचाररत उनको गत ४ गते मृत्यु भएको थियो । पीसीआर विधिबाट गरिएको परीक्षणमा उनमा सोमबार मात्रै कोरोना पोजेटिभ देखिएको हो । उनलाई ट्युबर क्लुसिस भएको थियो भने स्वासप्रस्वाससम्बन्धि दीर्घरोग समस्या समेत भएको थियो । उनी श्वास फेर्न गाह्रो भएपछि गत जेठ २ गते अस्पताल भर्ना भएका थिए ।


ADVERTISEMENT

# # #


आइसीयूमा उपचाररत उनको जेठ ३ गते स्वाब संकलन गरिएको र ४ गते निधन भएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । यससंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ पुगेको हो ।