सुनसरी, फागुन २३ । नेकपा (एमाले)को मेची महाकाली राष्ट्रिय अभियान प्रदेश नं १ मा पूरा भई आज प्रदेश नं २ तर्फ लागेको छ ।


ADVERTISEMENT


इनरुवामा आयोजित जनसभामा एमालेका शीर्षनेताहरु सहभागी भई सप्तरीको राजविराजतर्फ लागेका हुन् । सभामा एमाले नेता लालबाबु पण्डितले संविधानको विरोधमा आउने कुनै पनि शक्तिसँग सामना गर्न आफ्नो पार्टी तयार रहेको बताए ।


ADVERTISEMENT

# # #


नेत्री भगवती चौधरीले संविधानमा समावेशिताका सम्पूर्ण विषय रहेकाले अहिले संशोधनभन्दा निर्वाचनतिर जानुपर्ने बताए ।

पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवुकमार नेपालसहितको केन्द्रीय टोली अभियानमा सामेल छ । सभा सुरु हुनुपूर्व मधेसी मोर्चाका केही कार्यकर्ताले विरोध प्रदर्शन गरे पनि शान्तिपूर्ण रुपमा सभा सम्पन्न भएको थियो ।