रौतहट- भारतमा लकडाउन खुकुलो भएँसगै नेपाल फर्किनेहरु लर्को लागेसँगै कोरोना संक्रमितको संख्या बढ्दो छ ।  भारतबाट फर्केर चन्द्रपुर नगरपालिकाको क्वारेन्टाईनमा बसेकाहरुमा ७ जनामा संक्रमण देखिएको हो । उनीहरु सबै गढीमाई नगरपालिकाका बासीन्दा हुन् ।


ADVERTISEMENT


त्यस्तै गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देबाहीगोनाहीमा २, र कटहरिया नगरपालिकाका २ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरले बताउनुभयो ।


ADVERTISEMENT

# # #


‘उनीहरु सबै भारतबाट आएका हुन् । सबैको स्वास्थ्य अवस्था समान्य छ, उहाँले भन्नुभयो, ‘संक्रमण देखिएकाहरुलाई कहाँको आईसोलेसनमा राख्ने भन्ने छलफल हुँदै छ ।’ प्रजिअ घिमिरेका अनुसार चार दिन भित्र जिल्लामा ८३ जनामा सक्रमण पुष्टि भएको छ । उनीहरु भारतबाट आएर क्वारेन्टाईनमा बसेका थिए । अहिले सीमाबाट नेपाल भित्रिनेको संख्या दिनहुँ बढ्दै गएको छ । यसरी आएकाहरुमा संक्रमित हुने गरेको पाईएको छ ।