काठमाडौँ– एमालेका कार्यक्रममा राष्ट्रिय जनता पार्टीले अवरोध पुर्‍याएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आलोचना गरेका छन्।


ADVERTISEMENT


स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएका ओलीले बुधबार त्रिभूवन अन्तर्राष्ट्रिय विमालस्थलमा कुरा गर्दै अध्यक्ष ओलीले राजपाले निषेध, हिंसा र तोडफोडको राजनीति गरेको आरोप लगाए। उनले भने, ‘उहाँहरूलाई(राजपालाई) म भन्न चाहन्छु, उहाँहरूले निषेधको राजनीति गरिरहनु भएको छ। उहाँहरूजस्तै गरी एमाले ओर्लियो भने के हुन्छ ?’ एमाले आवेश उत्तेजनामा नआउने तर डरपोक र कायर भएर पनि नभाग्ने उनले बताए।


ADVERTISEMENT

# # #


‘एमालेले प्रतिवादको बाटो समाउन नपरोस्,’ अध्यक्ष ओलीले चेतावनीको शैलीमा भने। राजपासमेत सहभागी भएर संविधान संशोधनबारे संसदले निर्णय लिइसकेपछि पनि राजपाले यस्ता गतिविधि जारी राख्नु उचित नभएको उनले टिप्पणी गरे। ‘तपाईंहरू राजनीति गर्ने पार्टी हो भने राजनीति गर्ने आचरण र व्यवहारमा आउनुहोस्,’ उनले भने, ‘लोकतान्त्रिक मुल्य र मान्यतामा आउनुस्।’

उनले एमालेका नेताले एउटा टोपी लगाउँदा स्पष्टिकरण सोध्ने निर्वाचन आयोगले एमालेको कार्यक्रममा ढुङगामुढा भएको विषय नदेखेको बताए । उनले प्रश्न गरे, ‘ढुङगामुढा भएको घटनाप्रति निर्वाचन आयोग र सरकार दुवै बेखबर छन् तर एउटा टोपी लगाएको विषमया चाहि स्पष्टिकरण सोधिन्छ, यो कस्तो सरकार ?कस्तो निर्वाचन आयोग हो ? ’

एमाले नेता तथा पूर्व प्रधानमन्त्री समेत रहेका माधव कुमार नेपाल सहभागि कार्यक्रममा मंगलबार धनुषामा राजपाका कार्यकर्ताले ढुङ्गा हानेका थिए । सरकारले राजपाका असंवैधानिक र गैरकानुनी कृयाकलाप नियन्त्रण गर्न नखोजेको आरोप उनको छ। उनले सरकारले राजपाका यस्ता गतिविधिका लागि प्रोत्साहन गरेको पनि आशंका गरे।

यद्यपी निर्वाचन आयोगले मंगलबार नै यसबारे राजपालाई २४ घण्टाभित्र लिखित स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ। अध्यक्ष ओलीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयप्रति पनि असन्तुष्टी जनाए।

आज बसेको मन्त्रिपरिषद बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर १० र २१ गते निर्वाचन गर्ने निर्णय गरेको छ।