काठमाडौं – महानगरीय प्रहरी वृत्त कालीमाटी र सोही क्षेत्रमा कार्यरत २२२ जना प्रहरीको कोरोना परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । वृत्तमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त, महानगरीय ट्राफिक प्रभाग कालीमाटी र संक्रमितको सम्र्पकमा आएका २३१ प्रहरीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।


ADVERTISEMENT


महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले २३१ मध्ये २२२ जनाको रिपोर्ट नेगेटिभ आएको र थप ९ जनाको रिपोर्ट आउन बाँकी रहेको बताए । दुई प्रहरीमा कोरोना संक्रमण देखिएपछि वृत्त सिल गरिएको थियो । जुन अझै कायमै छ ।


ADVERTISEMENT

# # #