काठमाडौं – कर्णाली प्रदेशमा थप १६ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्।


ADVERTISEMENT


बुधबार सामाजिक विकास मन्त्रालय, सुर्खेतले दिएको जानकारी अनुसार थप १६ जनामा संक्रमित थपिएका हुन्।


ADVERTISEMENT

# # #


योसँगै कर्णालीमा संक्रमित संख्या २ सय ७८ पुगेको छ ।

प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका दुई जना र दैलेखका एक जना पुरूषमा संक्रमण पुष्टि भएको हो।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा १३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। जसमध्ये दैलेखका छ जना पुरूष र कालीकोटका चार महिने शिशुसहित सात जना रहेका छन्।