विराटनगर – प्रदेश नं १ बाट ७८ जनाले कोरोना भाइरस (कोभि-१९) लाई पराजित गरेर घर फर्किएका छन् । बिहीबार (आज) थप ३० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् ।


ADVERTISEMENT


कोशी अस्पताल कोरोना उपचार केन्द्रबाट २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना गरी आज ३० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । यसैबीच प्रदेश १ मा आज थप १६ जनालाई कोभिड-१९ पुष्टि भएको छ । यो सँगै प्रदेश १ मा जम्मा कोभिड-१९ पुष्टि भएको संख्या २०१ पुगेको छ ।


ADVERTISEMENT

# # #


प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे उपचारपश्चात निको भएकी एक महिलालाई बिहीवार बिदाइ गर्दै ।

प्रदेश १ मा अहिले १२३ जना कोभिड-१९ पुष्टि भएकाहरु उपचाररत छन् । प्रदेश १ मा १० हजार ५७ जनाको पिसिआर परीक्षण भइसकेको छ भने आरडीटिबाट १२ हजार ९ सय ५० जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।