काठमाडौँ – नेपाली काँग्रेसका सांसद प्रकाश पन्थले सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्न सङ्घीय संसद् सचिवालयमा गैरसरकारी विधेयक दर्ता गराएका छन् ।


ADVERTISEMENT


राष्ट्रियसभा सदस्य पन्थले नेपालको संविधानको धारा ११० ले दिएको अधिकार र राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ९४ बमोजिम उक्त विधेयक आज संसद् सचिवालयमा दर्ता गराएका हुन ।


ADVERTISEMENT

# # #


सामाजिक सुरक्षा ऐन बमोजिम विभिन्न वर्गहरुले सामाजिक सुरक्षा भत्ता पाइरहेको अवस्थामा ६० वर्ष मुनिका एकल महिला र अतिअशक्त अपाङ्गता भएका व्यक्तिले भने मन्त्रिपरिषद्को निर्णयबाट उक्त भत्ता प्राप्त गरिरहेकाले ऐनमा नै सोसम्बन्धी व्यवस्था गर्नु आवश्यक भएको भन्दै उनले ऐनमा पहिलो संशोधन गर्न बनेको विधेयक प्रस्तुत गर्नुपरेको उल्लेख गरेका छन् ।

समाजिक सुरक्षा ऐन संविधानमा व्यवस्था भएको मौलिक हक कार्यान्वयन गर्न बनेको महत्वपूर्ण मौलिक हकको ऐन समेत हो ।