काठमाडौँ – कर्णाली प्रदेशमा थप १०० जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ३ जना महिला र ९७ जना पुरुषमा कोरोना देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ।


ADVERTISEMENT


मन्त्रालयका अनुसार जुम्लामा गरिएको परीक्षणमा भेटिएका ९७ संक्रमितमध्ये दोलखा तामाकोशी गाउँपालिका–५का २५ वर्षीय पुरुष, रामेछापको बोरम्बा गाउँपालिका–२ का २३ वर्षीय पुरुष र गोरखा आरुघाट गाउँपालिका–२ का २५ वर्षीय पुरुष गरी ३ जना पुरुष रहेका छन् ।


ADVERTISEMENT

# # #


त्यसबाहेक दैलेखको दुल्लु नगरपालिकाका १७ देखि ४७ वर्षसम्मका २६ जना पुरुष रहेका छन् । यस्तै दैलेखकै महाबु गाउँपालिकाका ९ वर्षीय बालिकासहित २३ र २६ वर्षीय ३ महिला, ४ वर्षीय २ जना बालकसहित १५ देखि ५६ वर्षसम्मका ६१ जना पुरुष गरी कुल ६४ जना देखिएका छन् ।

यस्तै जुम्लाको चन्द्रनाथ नगरपालिकाका २८ देखि ३५ वर्षसम्मका ३ जना पुरुष, हुम्लाको चंखेली गाउँपालिका–३ का ५८ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यस्तै प्रादेशिक अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ३ जनाको पोजेटिभ आएको छ । उनीहरु दैलेखको दुल्लु नगरपालिका–१० का २० वर्षीय पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका–१ का १८ वर्षीय पुरुष, जाजरकोटको भेरी नगरपालिका–१० का १९ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ ।

यसरी कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४८९ पुगेको छ । जसमध्ये २ जनाको मृत्यु भइसकेको छ ।