काठमाडौं – प्रतिनिधिसभाको बैठकमा आज विभिन्न आठ मन्त्रालयका लागि छुट्याइएको बजेटमाथि छलफल हुँदैछ । विहान एघार बजेपछि शुरु हुने बैठकमा अर्थ, सञ्चार तथा सूचना प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण मन्त्रालयको बजेटमा छलफल हुँदैछ ।


ADVERTISEMENT


 

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्यार कृषि तथा पशुपंक्षि विकास मन्त्रालयसँग सम्वन्धीत बजेटका बारेमा छलफल हुने भएको हो ।


ADVERTISEMENT

# # #


 

बैठकमा प्रतिपक्षी सांसदहरुले विभिन्न मन्त्रालयका लागि छुट्याइएको रकमको खर्च घटाईयोस भनी खर्च कटौतीको प्रस्ताव पनि प्रस्तुत गर्ने भएका छन् । हिजोदेखि शुरु भएको मन्त्रालयगत छलफल भोलिसम्ममा सक्ने संसद सचिवालयको तयारी छ ।

 

२६ गते सांसदहरूले राखेका संशोधन र धारणामा मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ । सोही दिन बजेट पारित गराउने तयारी पनि सचिवालयले गरेको छ । सरकारले जेठ १५ गते १४ खर्ब ७४ अर्बको बजेट सार्वजनिक गरेको थियो ।