काठमाडौँ – समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भई बनेको जनता समाजवादी पार्टीले दल दर्ताका लागि निर्वाचन आयोगमा आवश्यक कागजपत्र बुझाएको छ । सो पार्टीले दल दर्ताका लागि आज आयोगलाई निवेदनसहित दलको आवश्यक कागजात बुझाएको हो ।


ADVERTISEMENT


जनता समाजवादी पार्टीको दर्ता नम्बर १३९२ भएको नेता केशव झाले जानकारी दिए । जनता समाजवादी पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुको घोषणा गरिएको छ । सो पार्टीको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् ।अशोक राई, डा. बाबुराम भट्टराई र राजेन्द्र महतोलाई वरिष्ठ नेताका रुपमा छन् ।


ADVERTISEMENT

# # #


दल दर्ताका लागि जनता समाजवादीका नेताहरु ठाकुर, यादव, डा भट्टराई, महतोलगायत शीर्षस्थ नेताहरु आज साँझ निर्वाचन आयोग पुगेका थिए । पार्टीका अन्य पदाधिकारी र सदस्यको थप छलफल गरी टुङ्गो लगाइने राजपाका नेता राजेन्द्रप्रसाद श्रष्ठले बताए ।