विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ७३ लाख ११ हजार ६ सय ३१ पुगेको छ । ४ लाख १२ हजार ९ सय ९७ जनाले संक्रमणकै कारण ज्यान गुमाएका छन् । अमेरिकामा सबैभन्दा धेरै २० लाख ४५ हजार ५ सय २० पुग्दा ज्यान गुमाउनेको संख्या १ लाख १४ हजार १ सय ४८ छ । ब्रजिलमा ७ लाख ४२ हजार ८४ जना संक्रमित छन् त्यहाँ ३८ हजार ४ सय ९७ जनाले ज्यान गुमाएका छन् ।


ADVERTISEMENT


रुसमा ४ लाख ८५ हजार २ सय ५३ जना संक्रमित पुग्दा ६ हजार १ सय ४२ जनाले ज्यान गुमाएका छन् । बेलायतमा २ लाख ८९ हजार १ सय ४० जना संक्रमित छन् । त्यहाँ ४० हजार ८ सय ८३ जनाले ज्यान गुमाएका छन् । स्पेनमा २ लाख ८९ हजार ४६ जना संक्रमित पुग्दा २७ हजार १ सय ३६ जनाको ज्यान गएको छ । भारतमा २ लाख ७६ हजार १ सय ४६ जना संक्रमित पुग्दा ७ हजार ७ सय ५० जनाले ज्यान गुमाएका छन् ।


ADVERTISEMENT

# # #