काठमाडौँ – कर्णाली प्रदेशका थप ३७ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।


ADVERTISEMENT


सुर्खेतस्थित प्रादेशिक अस्पताल र पशुपंक्षी रोगअन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ५ जना महिला र ३२ जना पुरुषमा कोरोना देखिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका अनुसारसंक्रमितमध्ये २५ जना दैलेखका, ९ जना सुर्खेतका र ३ जना जाजरकोटका रहेका छन् । जसमध्ये दैलेखको अवलपराजुलका १८ र २५ वर्षीय २ जना पुरुष, डुंगेश्वर गाउँपालिकाका १८ र २३ वर्षीय २ जना महिला, १४ देखि ४२ वर्षसम्मका २१ जना पुरुष रहेका छन् ।

यस्तै सुर्खेतको बराहताल गाउँपालिकाका ५० वर्षीय १ जना पुरुष र गुर्भाकोट नगरपालिकाका १८ र ४० वर्षीेय २ जना महिला र १४ देखि २३ वर्षसम्मका ५ जना पुरुष रहेका छन् । यस्तै सुर्खेतकै सिम्ता गाउाँपालिकाका १९ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै जाजरकोटको छेडागाड नगरपालिकाका ३५ र ५० वर्षीय पुरुष, शिवालय गाउँपालिकाका १५ वर्षीय एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ७०८ पुगेको छ । जसमध्ये ३ जनाको निधन भएको छ भने २९ जना उपचारपछि निको भएका छन् ।