पेरिस- थोमस लेमारले दुई गोल गरेपछि फ्रान्सले १० खेलाडीमा सिमित नेदरल्याण्डलाई ४–० गोलअन्तरले पराजित गरेको छ ।


ADVERTISEMENT


जीतसँगै युरोपियन विश्वकप छनौटको समूह ए मा फ्रान्स शीर्ष स्थानमा उक्लेको छ । एन्टोनी ग्रिजमानले फ्रान्सलाई अग्रता दिलाए भने खेलको दोस्रो हाफमा लेमारले दुई गोल थपे । खेलको इन्जुरी समयमा कायलिन एमबापेले अर्को गोल थपे ।


ADVERTISEMENT

# # #


एथ्लेटिको म्याड्रिडका स्ट्राइकर ग्रिजमानका कारण १–० को स्कोर रहेको बेला डच मिडफिल्डर केभिन स्ट्रुटमानले रातोकार्ड पाएका थिए । ग्रिजमानले स्ट्रुटमानको च्यालेन्जमा लडेको नाटक गरेपछि उनले दोस्रो पहेँलो कार्ड खान पुगेका थिए ।

उता, १०–१० खेलाडीमा सिमति भएको खेलमा बेल्जियमले ग्रिबरालटारलाई गोलको वर्षा गरेको छ ।

विश्वकप छनौट अन्तरगत समूह समूह एचको खेलमा बेल्जियमले ९–० गोलको विशाल अन्तरले विजयी भएको हो ।

बेल्जियमको जितमा रोमेलु लुकाकु र थोमस म्युनियरले ह्याट्रिक गरेका थिए ।

बेल्जिमका एलेक्स विटसलले खेलको ४० औँ मिनेटमा रातो कार्ड खाएका थिए भने खेलको अन्त्यतिर गिब्राल्टारका डिफेन्डर एरिन बार्नेटले पनि रातो कार्ड खान पुगेका थिए ।