राजविराज– पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खरचुयामा माइक्रो बसको ठक्करबाट आज दिउँसो एकजनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बा४ख ६५७२ नंको माइक्रो बसको ठक्करबाट सोही ठाउँ बस्ने २७ वर्षीय बुधेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मण्डललाई बाटो काट्ने क्रममा माइक्रो बसले ठक्कर दिएको थियो ।


ADVERTISEMENT

# # #


घटनापछि आक्रोशित स्थानीयवासीले ठक्कर दिने माइक्रोको तोडफोड गर्दै अहिले पूर्व–पश्चिम राजमार्ग सडकखण्ड अवरुद्ध पारेका छन् । बाटो खुलाउन इलाका प्रहरी कार्यालय कडरबोनाको टोली त्यहाँ पुगेको जिप्रकाले जनाएको छ ।