तनहुँ- तनहुँमा थप ५ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । घिरिङ्ग वडा नम्बर ५ स्थित सरस्वती माविमा रहेको क्वारेन्टाइनमा बसेका ती पुरुषमा संक्रमण पुष्टी भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।


ADVERTISEMENT


संक्रमित सबैलाई शुक्लागण्डकी बेलचौतारा स्थित जिपी कोइराला उपचार केन्द्रको आइसोलेशनमा राखिएको छ । उनीहरु सबै भारतबाट फर्केका थिए । योसंगै तनहुँमा कोरोनबाट संक्रमितको सख्या नौ पुगेको छ ।


ADVERTISEMENT

# # #