सिन्धुली – बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी अर्थात ‘पुलिस अफ द मन्थ’को उपाधी प्राविधिक प्रहरी निरीक्षक डा. रमा विष्टलाई प्रदान गरिएको छ ।


ADVERTISEMENT


मंगलबार एक कार्यक्रमका बीच केन्द्रमा कार्यरत प्रहरी निरीक्षक डा. विष्टलाई कदरपत्र सहित सम्मान गरिएको हो । उक्त अवसरमा बोल्दै केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) सन्दिप भण्डारीले प्रहरी कर्मचारीहरुमा उत्प्रेरणा अभिवृद्धि गर्नको साथै मनोबल उच्च गराई कार्य क्षमता अभिवृद्धि गर्न उक्त सम्मानको व्यवस्था गरिएको बताए ।


ADVERTISEMENT

# # #


व्यावहारिक, अनुसासित, आचरण राम्रो भएको प्रहरी कर्मचारीहरुलाई तालीम केन्द्रले हरेक महिना पुरस्कृत गदै आएको एसएसपी भण्डारीले उल्लेख गरे ।