तनहुँ- तनहुँमा एकै दिन थप २५ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । ऋषिङ्ग गाउँपालिकामा २१ जना, व्यास र शुक्लागण्डकी नगरपालिकामा २/२ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक एव्म प्रवक्ता डा. विनोद विन्दु शर्माले बताउनुभयो । संक्रमित मध्ये ऋषिङ्गका एक बर्षीय बालक समेत रहेका छन् । संक्रमित व्यक्ति सबै भारतबाट फर्केर क्वारेन्टाइनमा बसेका थिए । तनहुँमा संक्रमितको संख्या ६८ जना पुगेको छ ।


ADVERTISEMENT


जसमध्ये ३ जना महिला रहेका छन् । तनहुँमा स्थापना गरेको आइसोलेशन कक्ष भरिएकाले थप संक्रमितलाई सम्बन्धीत पालिकाको सामुदायिक विद्यालयमा आइसोलेशन कक्ष निर्माण गरी उपचार गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले बताउनुभयो । ।


ADVERTISEMENT

# # #