पोखरा- गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय नाघेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आज थप १६ जनामा कोरोना संक्रमितको पुष्टि गरेसंगै गण्डकी संक्रमितको संख्या ५ सय ४ पुगेको हो ।


ADVERTISEMENT


आज बागलुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ गरी १६ संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । यसअघि हिजो हिमाल पारीको मुस्ताङमा पनि एकजनामा कोरोना देखिएको थियो । योसंगै प्रदेशका सबै ११ जिल्लामा कोरोना संक्रमण देखिएकोछ । प्रदेशभरी ४९ जना निको भइसकेका छन् भने संक्रमणका कारण १ जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #