काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राजधानीमा अव्यवस्थित तरिकाले खम्खामा टाँगिएका तारहरु काट्न आफै सक्रिय भएका छन् । उनले राजधानीका यस्ता अव्यवस्थित तारलाई व्यवस्थित तरिकाले व्यवस्थापन गर्नका लागि मन्त्री बस्नेत आफैले भर्याङमा चढेर तार काटेका छन् ।


ADVERTISEMENT


उनले आइतबार विजुली, टेलिफोन र केबलका तारहरूले शहर कुरूप देखिएको, असुरक्षा बढ्दै गएको र राजस्व समेत हिनामिना भएको भन्दै माइतीघरस्थित खम्बामा टाँगिएका अव्यवस्थित तार काटेर सुरूवात गरेका हुन् ।


ADVERTISEMENT

# # #


मन्त्री बस्नेतको निर्देशनमा आजबाट सडक किनारामा रहेका अव्यवस्थित बिजुली, टेलिफोन, इन्टरनेट लगायतका तार काट्न थालिएको हो ।

तस्बिरहरु :रासस